झापामा सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो

झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

नेपालभ्युज

झापामा सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो
सांकेतिक तस्वीर

काठमाडौं। झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। घटनामा ४५ वर्षका सारद राजवंशीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी भएको हो। ग्यास सिलिन्डर पड्किँदा अरू १२ जना घाइते भएका छन्।

घाइते हुनेमा लेखनाथ तिम्सिना, गोविन्दप्रसाद राजवंशी, दीपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी छन्।

नवराज श्रेष्ठ, सन्देश बोहरा, भवानी शंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी रहेका छन्। घाइते ११ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved