ताप्लेजुङमा आगलागी, तीन घर जलेर नष्ट

नेपालभ्युज

ताप्लेजुङमा आगलागी, तीन घर जलेर नष्ट
सांकेतिक तस्वीर

ताप्लेजुङ। ताप्लेजुङको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन्। गए राति बरभञ्ज्याङका जितबहादुर मेयोङ्बाको घरबाट आगो लागेको हो। त्यसपछि रामजित राई र मनबहादुर राईका घर जलेको हो ।

आगलागीमा तीन घरमा रहेको आईएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो । बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो। विद्युत् सर्ट भइ आगलागी भएको स्थानीयवासीको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved