शेखर पक्षको बैठकमा गगन र धनराज पनि

नेपालभ्युज

शेखर पक्षको बैठकमा गगन र धनराज पनि

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै नेता शेखर कोइराला पक्षको छुट्टै बैठक शुरु भएको छ। सभापति देउवाले विपक्षी खेमालाई न्यायपूर्ण ढंगले पार्टीमा नसमेटेर एकल एकलौटी ढंगले पार्टी चलाउने खोजेको भन्दै असन्तुष्ट पक्षको छुट्टै बैठक बसेको हो।

बबरमहलस्थित बसेरा होटलमा जारी बैठकमा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासमेत सहभागी छन्।

परिणाम घोषणालगत्तै नेता शेखरले पार्टीमा भागबण्डा नखोज्ने तर सभापतिले सम्मानजनक  ढंगले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताएका थिए। यस्तै उपसभापति गुरुङ र महामन्त्री थापा दुवैले निशर्त सभापति देउवालाई सघाउने बताएका थिए। तर सभापति देउवा विपक्षी समूहलाई पेलेर अघि बढ्न थालेपछि सभापति देउवालाई दबाब दिन इतर समूहले एकताबद्ध हुने प्रयास गरेका हुन्।

बैठकमा उपाध्यक्ष ‍‍गुरुङसहित सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा नेताहरू मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, बलबहादुर केसी लगायतका नेता सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved