नेपालमा लगानी गर्न एनआरएनएलाई पूर्वराष्ट्रपति यादवको आग्रह

नेपालभ्युज

काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा लगानी गर्न गैर-आवासीय नेपाली(एनआरएनए) हरूलाई आग्रह गरेका छन्। बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए।

पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन अनुरोध गरे।

‘‘नेपालमा लगानी गर्न आउनुहुन्छ भने नेपालको भूगोल, भू-बनावट र यहाँको प्रकृतिमैत्री कामहरूमा लगानी गरेर पैसा आर्जन गर्नुहोस्,” उनले भने, ‘‘हाम्रो प्रकृतिमैत्री र हाम्रो सोर्सबेस हाम्रो एग्रिकल्चर, हाइड्रो पावर, टुरिजम यस्ता कुरामा धेरै सम्भावना छ ।’’

प्रकृतिमैत्री क्षेत्रमा गरिएको लगानीले वातावरणमा प्रतिकूल असर पर्नबाट पनि जोगिने भएकाले लगानी गर्नुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved