डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महीनाको अन्तिमसम्म डेनमार्कमा ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन्।

नेपालभ्युज

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

एजेन्सी। डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ।

स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महीनाको अन्तिमसम्म डेनमार्कमा ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन्।

डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा संक्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो।

यता डेनमार्कमा भने ओमिक्रोनको संक्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved