माओवादी महाधिवेशन: रोकिएको बन्दसत्र र निर्वाचन प्रक्रिया आज

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम र बन्दसत्र कार्यक्रम आज शुरु हुँदैछ।

नेपालभ्युज

माओवादी महाधिवेशन: रोकिएको बन्दसत्र र निर्वाचन प्रक्रिया आज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम र बन्दसत्र कार्यक्रम आज शुरु हुँदैछ। सहमतिमा सदस्य चयन गर्नका लागि गृहकार्य गर्न भन्दै आज (आइतबार)को लागि सारिएको हो।

सारिएको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आइतबार २ बजेदेखि ३ः३० बजेसम्म हुनेछ।

त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशित ५ः४५ बजेसम्म गर्ने र ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका प्रकाशित गरिएको छ।

यसअघिको निर्वाचन कार्यक्रममा उम्मेदवार मनोनयनको प्रक्रिया शुक्रबार साँझ ८ बजे देखि शुुरु हुने र राति १०ः३० मा उम्मेदवार मनोनयन पछिको सुची सार्वजनिक गरिने तयारी थियो।

साथै महाधिवेशन अन्तर्गतको बन्दसत्र कार्यक्रम पनि आइतबार १ बजेबाट शुरु हुनेछ। सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य गर्नुपर्ने भन्दै सारिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved