देशका उद्योगधन्दा, कलकारखाना कांग्रेसको सरकारले बेचेको दुर्गा प्रसाईँको आरोप

प्रसाईँले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दाबीसमेत गरे।

नेपालभ्युज

देशका उद्योगधन्दा, कलकारखाना कांग्रेसको सरकारले बेचेको दुर्गा प्रसाईँको आरोप

काठमाडौं। नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन्।

मेडिकल कलेज सञ्चालकसमेत रहेका उपप्रमुख प्रसाईँले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताए।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाईँले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे।

“२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तामा रह्यो। त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए”, प्रसाईँले भने, “तपाईहरुलाई म यो स्मरण गराउन चाहन्छु, जब नेपाली कांग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो। र हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए।”

प्रसाईँले कांग्रेसको सत्ताकालमा हरियो पार्सपोर्टको खेती मौलाएको टिप्पणी गरे। उनले भने, “डाटाले भन्छ– अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन् बैदेशिक रोजगारीका लागि।”

प्रसाईँले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दाबीसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved