माओवादी महाधिवेशन: नेतृत्व चयनको प्रक्रिया शुरु हुँदै

विधान पारित भएपछि मात्रै नेतृत्व चयन शुरु हुनेछ।

नेपालभ्युज

माओवादी महाधिवेशन:  नेतृत्व चयनको प्रक्रिया शुरु हुँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि महाधिवेशन सकिएको छैन।
विधान मस्यौदा भने पारित हुन बाँकी छ। पारित गर्नका लागि आज बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुँदै छ। विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची छ । विधान पारित भएपछि मात्रै नेतृत्व चयन शुरु हुनेछ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ। अध्यक्षमा अरू नेताले दाबी नगरेकाले प्रचण्ड नै दोहोरिनु हुने पक्कापक्की छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved