भन्सार छली गरी ल्याएको १० लाखको सामग्री बरामद

नेपालभ्युज

भन्सार छली गरी ल्याएको १० लाखको सामग्री बरामद

काठमाडौं। भन्सार छली गरी ल्याएको लत्ताकपडा विराटनगर प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतको टोलीले अवैध मालसामान र कपडा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गोदाम गरेको अवस्थामा ती सामाग्री बरामद गरेको प्रहरी जनाएको हो।

रानी एरियाको जुट मिल दक्षिण गेटबाट १० लाख मूल्य बराबरको घरमा लगाउने ताला १ हजार थान, जुता, लत्ताकपडा र खाद्य सामाग्री बरामद गरिएको हो।

प्रहरीले बरामद गरेको सामाग्री आवश्यक कारवाहीकालागी विराटनगर भन्सार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved