जगदम्बा मोटर्सले ल्यायो ‘टीभीएस रेडर’

कम्पनीले १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स भएको स्पोर्टी मोटरसाइकल सार्वजनिक गरेको हो।

नेपालभ्युज

जगदम्बा मोटर्सले ल्यायो ‘टीभीएस रेडर’

काठमाडौं। शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले पोखरास्थित आफ्नो एक्सक्लुसिभ शोरुमबाट यूवा लक्षित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ।

कम्पनीले १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स भएको स्पोर्टी मोटरसाइकल सार्वजनिक गरेको हो।

यूवा लक्षित उक्त स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्री भी आई टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फिचर्सका साथै फस्र्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेज उपलब्ध रहेको जगदम्बा मोटर्सले जानकारी दिएको छ।

टीभीएस रेडरलाई सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, मिलन नेवार र अस्मिता अधिकारीसहित हास्य कलाकार सन्दिप क्षेत्री, पत्रकार नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीलगायतले सार्वजनिक गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved