उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

नेपालभ्युज

उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं।  एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा उपाधिका लागि नेपाल आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

बंगलादेशको ढाकास्थित इन्डोर स्टेडियममा जारी खेलको फाइनल आज बिहान नेपाली समयअनुसार ११ः१५ बजे हुनेछ। ५ खेलमा अपराजित रहँदै नेपालले १४ अंकसहित फाइनलमा प्रवेश गरेको थियो।

राउन्ड रोविन लिगमा सोमबार किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै लगातार नेपालले पाँचौँ जित निकालेको थियो। लिग चरणमा श्रीलंकालाई ३-२ ले हराएको नेपालले त्यसपछिका खेलमा बंगलादेश, मालदिभ्स र उज्वेकिस्तानविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो।

लिग चरणमा नेपालसँग पराजित भएको उज्वेकिस्तानले ५ खेलमा ११ अंक जोड्दै उपविजेताको रूपमा फाइनलमा स्थान पक्का गरेको हो।

२ वर्षअघि यो प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मालदिभ्सलाई ३-० सेटमा हराउँदै नेपालले नेपाली भलिबलको ४१ वर्षे अन्तराष्ट्रिय यात्रामा त्यो पहिलो उपाधि जितेको थियो। नेपाललाई यो फाइनल कीर्तिमान कायम राख्ने अर्को सुवर्ण अवसर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved