हुम्लामा फेरि हिमपात, माइनस ११ डिग्रीमा झर्‍यो तापक्रम

दक्षिणी क्षेत्रका किसान भने खुशी

हुम्लामा फेरि हिमपात, माइनस ११ डिग्रीमा झर्‍यो तापक्रम
फाइल तश्वीर

हुम्ला। उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ।

हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ। यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ।

अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ।

ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायत गाउँमा चिसो अत्याधिक बढेको छ। लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिए। “हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ,” उनले भने, “हिजो बेलुकादेखि निरन्तर हिउँ परेर चिसो ह्वात्तै बढेको छ। हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन।”

मंसीर शुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ। जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालयले जनाएको छ।

हिमपातले दक्षिण क्षेत्रका किसान भने खुशी

लामो समयको खडेरीपश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन्। पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुुशी भएका अदानचुली-५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए।

हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved