डिजिटल वालेट माई-पे सार्वजनिक

नेपालभ्युज

डिजिटल वालेट माई-पे सार्वजनिक

काठमाडौं। स्मार्ट कार्ड नेपाल प्रालिले नयाँ डिजिटल वालेट माई-पे सार्वजनिक गरेको छ। कम्पनीले हाल परीक्षणका क्रममा सार्वजनिक गरेको यस वालेटलाई नयाँ सेवासहित छिट्टै पूर्ण रूपमा सार्वजनिक गर्ने बताएको छ।

कोरोनाभाइरस संक्रमणपछि विद्युतीय भुक्तानीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखी वालेट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार मेहताले बताए। हाल सञ्चालित विद्युतीय भुक्तानी सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्दा नवीनतम् सुविधा दिने गरी वालेट ल्याइएको दाबी उनले गरे।

‘‘बजारमा भइरहेका वालेटहरूले जस्तै काम गर्नेगरी यो वालेट ल्याइएको होइन, डिजिटल माध्यमबाटै सेवाग्राहीलाई फरक र नयाँ स्वाद दिन ल्याएका हौं,” उनले भने।

हाल यस वालेटमा मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टिभीको बिल भुक्तानी लगायत सुविधा छन्। यीमध्ये कुनै पनि कारोबार गर्दा पहिलो कारोबारमा २५ प्रतिशत अधिकतम सय रुपैयाँसम्म क्यासब्याकको सुविधा रहेको कम्पनीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved