प्रचण्डको बलले हामी संविधानसभामा गएका हौं : देउवा

नेपालभ्युज

प्रचण्डको बलले हामी संविधानसभामा गएका हौं : देउवा

काठमाडौं। प्रधानमन्‍त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डकै अगुवाइमा संविधानसभा निर्वाचन भएर नेपालले गणतन्त्र र संघीयतासहित समावेशी संविधान प्राप्त गरेको बताएका छन्।

माओवादी केन्द्रको आठौं महाधिवेशन क्रममा आज प्रज्ञा भवन काठमाडौंमा प्रधानमन्त्री देउवाले प्रचण्डको खुलेर तारिफ गरे। भने, “यो साँचो हो कि संविधानसभामा हामी प्रचण्डको बलले गएका हौं, संविधानसभाबाट संविधान बनाउने कुरा कांग्रेस पार्टीले ००७ सालमा उठाएको कुरा अन्ततः पुष्पकमल दाहालकै अगुवाइमा भएर अहिले संघीयतासहित समावेशी संविधान बनेको छ। यो कुरामा प्रचण्डजीको सबैभन्दा ठूलो योगदान छ।’’

उनले अमेरिकी सहयोग एमसीसी नेपाल ल्याउनेपर्नै तर्क गरे। “म पनि देशको प्रधानमन्त्री हुँ, मलाई देशको चिन्ता छैन होला त? सित्तैमा पाएको पैसा किन नल्याउने ?” साथै उनले एमसीसीबारे भ्रम फैलिरहेको भन्दै त्यसमा भएका बुँदाहरू पढ्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved