संघीयता र गणतन्त्र खतरामा छ : उपेन्द्र यादव

माओवादीवादीसँगै अर्द्धभूमिगत भएर एकसाथ लडेकाले परिवर्तन ल्याएको दाबी

नेपालभ्युज

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र खतरामा परेको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन क्रममा आज प्रज्ञा भवन काठमाडौंमा उनले संघीयता, समावेशीता, धर्म निरपेक्षता, गणतन्त्रजस्ता महत्वपूर्ण उपलब्धि खतरामा पर्ने हो कि भन्ने आज पनि कता कता अल्मलिएको हो कि भन्ने चिन्ता व्यक्त गरे।

माओवादी पार्टीमा प्रचण्ड, सीपी गजुरेल र आफू हामी सबै भूमिगत, अर्धभूमिगत भएर काम गरेको सम्झँदै उनले विगतमा एकसाथ लडेको बताए। त्यही जगबाट उभिएर पछि ऐतिहासिक मधेश जनविद्रोह भएको उनले बताए।

माओवादी जनविद्रोह र मधेश जनविद्रोह नभएको भए संघीय गणतन्त्र नआउने उनको भनाइ थियो। निरंकुश शासनको अन्त्य पनि नहुने उनले बताए। उनले भने, “तर अहिले पनि सत्य मेलमिलाप आयोग अलपत्र छ। जनयुद्धताका बेपत्ता पारिएका परिवारले न्याय पाएका छैनन्, उनीहरूले न्याय पाऊन्।”

मुलुकमा वर्ग विभेद र वर्ण विभेद पनि रहेको भन्दै उनले शोषणमा परेका वर्गको मुक्ति आवश्यक रहेको बताए। वर्ण विभेद जातजाति खासगरी, मधेशी, जनजाति, थारू, दलित, अल्पसंख्यकको मुक्तिका सवालहरू कम्युनिष्ट आन्दोलनसँग जोडिएर आएका सवालहरु अलपत्र भएका बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved