एमसीसीले समानान्तर सरकार बन्ने खतरा : भीम रावल

नेपालभ्युज

एमसीसीले समानान्तर सरकार बन्ने खतरा : भीम रावल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले संसद्बाट एमसीसी पारित भएमा समानान्तर सरकार बन्ने खतरा रहेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री रावलले संशोधन बिना नै संसद्बाट एमसीसी पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने दाबी गरे।

उनले एमसीसी सम्झौता संशोधन गरेर अघि बढाउनुपर्ने बताए। ”कतिपय नेताहरुले यो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर मलाई आश्चर्य लाग्छ। यसबाट नेपालमा विदेशी कम्पनीको इसारामा समानान्तर सरकार बन्ने स्थिति उत्पन्न हुन्छ। त्यसपछि नेपाल क्रमशः पराधिनतातर्फ धकेलिनेछ,” उनले भने,”नेपाल शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ । यो हामी प्रत्येक नेपालीको हित विरुद्धमा हुनेछ । त्यसैले हामीले यो एमसीसी सम्झौंता यही रुपमा हुनुहुँदैन भन्ने कुरा उठाउनै पर्छ । सशक्त रुपमा हामीले बोल्नुपर्छ ।”

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्दा मुलुक गम्भिर दुश्चक्रमा फस्ने चेतावनी दिए।

उनले एमसीसी सम्झौताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने माग समेत गरे। पूर्वराजदुत तथा पूर्वमुख्यसचिव लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नमिल्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved