कांग्रेस प्रदेश २ अधिवेशन : सबै पदाधिकारीमा देउवा पक्ष विजयी

महामन्त्रीमा १३ मतले पराजित नरेश यादवले मतगणनामा असन्तुष्टि जनाउँदै उरुरी दिएका छन्। उनलाई पहिला विजयी  घोषणा गरिएकोमा पछि वृहस्पतिकृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको थियो।

कांग्रेस प्रदेश २ अधिवेशन : सबै पदाधिकारीमा देउवा पक्ष विजयी

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिलगायत सबै पदाधिकारीमा शेरबहादुर देउवा पक्ष विजयी भएका छन्।

संस्थापनइतर विमलेन्द्र निधि र शेखर कोइराला प्यानललाई पराजित गर्दै सभापतिलगायत ८ ओटै पदाधिकारीमा देउवा पक्षले जित हात पारेको हो।

६७ पदका लागि भएको मतदानमा पदाधिकारीको मतपरिणाम अनुसार शुक्रबार बिहानै निधि-कोइरालाका सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै देउवा पक्षका कृष्ण यादव विजयी भएका थिए।

मध्यरातमा सम्पन्न पदाधिकारीको मतगणनाअनुसार उपसभापतिमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्।

त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्।

सहमहामन्त्री खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिलातर्फ विन्दुकुमारी यादव विजयी भएकी हुन्।

यस्तो छ मतपरिणाम

उपसभापति
चन्द्रशेखर यादव– ८९५ (र्निवाचित)
वीरेन्द्रप्रसाद सिंह – १०१९ (र्निवाचित)
विनोदकुमार खनाल–७४०
धनलाल ठोकर–६३६
राधाप्रसाद यादव– १२४

महामन्त्री
उपेन्द्रकुमार यादव– ९५९ (र्निवाचित)
वृहस्पतिकृष्ण श्रेष्ठ – ७८८ (र्निवाचित)
विनोद चौधरी– १९५
नरेश यादव– ७७५
हरेश प्र महतो–७०३

सह-महामन्त्री
प्रशुराम चौधरी– ८२२ (र्निवाचित)
जयनारायण प्रसाद यादव–८७९ (र्निवाचित)
नारायण चौधरी–६०१
अरबिन्द अमात्य –२५७
विनोद कुमार यादव–६९१
रामनारायण महासेठ–९७

सह-महामन्त्री महिला
विन्दु कुमारी यादव– ८८९ (र्निवाचित)
भीमादेवी शर्मा – ५३२
रीता यादव– १५६
रेखादेवी महरान–७६

महामन्त्रीमा १३ मतले पराजित नरेश यादवले मतगणनामा असन्तुष्टि जनाउँदै उरुरी दिएका छन्। उनलाई पहिला विजयी  घोषणा गरिएकोमा पछि वृहस्पतिकृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको थियो। उनले गतगणनामा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी दिएका हुन्।

अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ। उनले पुन:मतगणनाका लागि  निर्वाचन समितिमा उजुरी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved