एशियन सेन्ट्रल जोन भलिबलमा नेपाल विजयी

नेपालभ्युज

एशियन सेन्ट्रल जोन भलिबलमा नेपाल विजयी

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पूरुषतर्फ नेपालले पहिलो जीत हासिल गरेको छ। बंगलादेशमा जारी प्रतियोगितामा नेपालले उज्वेकिस्तानविरूद्ध ३–१ को जीत निकालेको हो।

शुरूवाती सेट १८-२५ ले गुमाएको नेपालले त्यसयता लगातार तीन सेट जित्यो। नेपालले दोस्रो सेटमा २५-२१ , तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ ले जित्यो।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा आयोजक बंगलादेशसँग नेपाल पराजित भएको थियो। अब शनिबार नेपालले श्रीलंकाको सामना गर्नेछ।


Comment

One thought on “एशियन सेन्ट्रल जोन भलिबलमा नेपाल विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved