कर्पोरेट ब्याडमिन्टन टिम च्याम्पियनसिप नेपाल टेलिकमलाई

नेपालभ्युज

कर्पोरेट ब्याडमिन्टन टिम च्याम्पियनसिप नेपाल टेलिकमलाई

काठमाडौं। कुमारी बैंक काठमाण्डौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ। काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा पूरुष एकलतर्फ टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाले।

महिलातर्फ सिल्ककी अनुमाया राईले टेलिकमकी सिमा राजवंशीलाईं २१–१४, २१–१५ ले हराउँदै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले हराउँदै खेल २–१ को अवस्थामा पुर्याए।

यसपछि, महिला युगलको खेलमा टेलिकमकी सिमा राजवंशीको घुँडामा चोट बल्झियो र उनी रिटायर्ड हर्ट भएर कोर्ट छाड्न बाध्य भइन्। जसकारण, खेल २–२ को अवस्थामा पुग्यो।

अन्तिम तथा निर्णायक चरणअन्तर्गत पहिलो खेलमा पुरुष युगलतर्फ सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडीलाई हरि कृष्णन शर्मा र रत्नजित तामाङ्गले २१–१७ ले हराए। उनीहरुले, दोस्रोे गेम पनि २२–२० ले जिते र समग्रमा टोलीलाई २–० को विजयसहित उपाधि दिलाए।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाणपत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved