प्रदेश २ मा नेकपा एसको प्रस्तावमा एमालेको समर्थन

नेपालभ्युज

प्रदेश २ मा नेकपा एसको प्रस्तावमा एमालेको समर्थन

जनकपुरधाम। प्रदेश २ को  नाम ”जानकी प्रदेश” राख्‍नका लागि नेकपा एमाले सहमत भएको छ। शुक्रवार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले नेकपा एसले प्रस्ताव गरेको जानकी प्रदेशमै आफुहरुको समर्थन रहेको जनाएकी छन्।

पार्टी विभाजनअघि नेकपा एमालेबाट प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएकी थिइन्। अहिले यादव नेकपा एसमा छन्।

आजको प्रदेशसभा बेठकमा एमालेकी सांसद् शारदादेवी थापाले नेकपा जानकी प्रदेशमै समर्थन जनाउने बताइन्। उनले जानकी प्रदेशभन्दा उचित अर्को नाम नहुने समेत दाबी समेत गरिन्।

”सुरुमा हामीले जानकी प्रदेशनै दर्ता गराएका थियौँ। पछि, नेकपा एकिकृत समाजवादी पार्टीले जानकीमै अडेर बस्नुभो, हामी जनक प्रदेश दर्ता गरायौँ। अब नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छ,” उनले भनिन्।

प्रदेश २ मा सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले ”मधेस प्रदेश” नाम राख्‍नुपर्ने प्रस्ताव गरेका छन्। यस प्रस्तावमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको छ। यता, कांग्रेेसले ”मध्यमधेश” नाम प्रस्ताव गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved