साथीहरूले अब जोगिनुपर्छ भनेकाले प्रतिस्पर्धाबाट अलग भएको हुँ : रामचन्द्र पौडेल

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी रहेको जनाएका छन्। वरिष्ठ नेता पौडेलले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित साथीहरूबीच पार्टीलाई थप एकताबद्ध र सुढृढ बनाएर लैजाने जिम्मेवारी रहेको औंल्याए।

“आगामी निर्वाचनमा पार्टीका नीति र विचारहरु जनतासमक्ष पुर्‍याउने र निर्वाचनमा जनताको मत जित्ने चुनौती उत्तिकै छ”, उनले लेखेका छन्। वरिष्ठ नेता पौडेलले पार्टीका साथीहरूले ‘रामचन्द्रजी अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ’ भनेको हुनाले आफू प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेको खुलाएका छन्।

उनले महाधिवेशनबाट विजयी भएका नेताहरूलाई बधाई एवं शुभकामना दिँदै उपविजेतालाई भविष्यको चुनौतीका निम्ति क्रियाशील रहन आग्रह गरेका छन्। नेता पौडेलले आफू जुनसुकै अवस्थामा रहे पनि राष्ट्रमा स्थायित्व, सुशासन, विकास र समतामूलक समाज निर्माणका लागि आफ्नो प्रयत्न जारी राख्ने पनि उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved