घर–घरमै निशुल्क कोरोना परीक्षण गर्ने अमेरिकाको तयारी

नेपालभ्युज

घर–घरमै निशुल्क कोरोना परीक्षण गर्ने अमेरिकाको तयारी

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले घर–घरमै निशुल्क कोरोना परीक्षण गर्ने नयाँ योजना मंगलबार सार्वजनिक गर्ने भएका छन्। यसका लागि सरकारले ५० करोड कोभिड १९ र्‍यापिड टेस्ट किट खरिद गरिसकेको छ।
वेवसाइटमार्फत किटका लागि आवेदन दिनेहरुलाई यी किटहरु निशुल्क उपलब्ध गराउने सरकारको योजना छ। जाडोमा कोरोना संक्रमण बढ्नसक्ने जोखिमलाई ध्यानमा राखेर अमेरिकाले नयाँ कदम चाल्न लागेको हो।

‘आगामी महीना ५० करोड परीक्षण किट उपलब्ध हुनेछन् र इमेलमार्फत अमेरिकीहरुसम्म यो पुग्नेछ,’ एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सीएनएनले लेखेको छ। हरेक घरले कतिवटासम्म परीक्षण किटको आग्रह गर्नसक्छन् भन्ने विषयमा योजना बनाउन अहिले सरकार जुटिरहेको छ।

ओमिक्रोन भेरिएन्टका कारण अमेरिकामा आगामी साताहरूमा संक्रमण उच्च रुपमा फैलने जोखिम रहेको विज्ञहरुले औल्याइरहेका छन्। त्यसविरुद्ध जुध्नका लागि सरकारले तयारी थालेको हो।

अहिले पनि अमेरिकामा धेरै स्थानमा कोरोनाको संक्रमण तिव्र रूपमा फैलिरहेको छ र अस्पतालहरू भरिन थालेका छन्।

खोप लगाएकाले घुम्न पाउने
पूर्ण खोप लगाएका अमेरिकीहरुले भने निर्वाध रुपमा घुम्न पाउने सुनिश्चितता सरकारले गर्न गालेको छ। त्यस्तै, खोप नलगाएकाहरू गम्भीर संक्रमित हुनसक्ने वा मृत्युको मुखमा पुग्नसक्ने चेतावनी पनि सरकारल दिइरहेको छ।

‘‘राष्ट्रपतिले अमेरिकी जनतालाई भन्नेछन् : यदी उनीहरूले खोप लगाएका छन् र सतर्कताका मापदण्डहरु (विशेषगरी भ्रमणमा मास्क लगाउने) अपनाएका छन् भने क्रिसमस मनाउन वा योजना बनाएका ठाउँमा सहजताका साथ भ्रमण गर्न सक्नेछन्,’’ बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सीएनएनसँग भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved