संसदमा म भएर केपीको सातो गइरहेको छ : माधव नेपाल

नेपालभ्युज

संसदमा म भएर केपीको सातो गइरहेको छ : माधव नेपाल
तस्वीर : रासस

कास्की। संसदमा आफ्नो उपस्थिति भकाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सातो गएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन्।

गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलामा अध्यक्ष नेपालले भने, “म नभएको मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ। कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइरहेको छ। तर केही मतलब छैन। नेपाली जनताको सातो कायम हुनुपर्छ।”

अधिकांश समय त्यहाँ ओलीको विरोध गरेका उनले नेपाली कांग्रेसको महाधिवेशनमा भेट भएको सन्दर्भ निकाल्दै भने, “हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग, कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो। रमाइलो भयो।”

एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको उनले आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved