ए डिभिजन लिगमा एपीएफको पहिलो जित

नेपालभ्युज

ए डिभिजन लिगमा एपीएफको पहिलो जित

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लबले पहिलो जित निकालेको छ।

आज दशरथ रंगशाला काठमाडौंमा सम्पन्न खेलमा एपीएफले फ्रेण्ड्स क्लकलाई ३-१ ले पराजित गर्‍यो। एपीएफको जितका लागि आशिष लामाले २ गोल गरेका थिए।

३० औँ मिनेटमा बिकी तामाङको गोलमार्फत एपीएफले अग्रता लिएको थियो। यसको दुई मिनेटपछि नै आशिषले गोल गर्दै एपीएफको अग्रता दुई गुणा पारे।

५६ औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरेका थिए। ६८ औँ मिनेटमा पेनाल्टीमार्फत प्रिजेन तामाङले फ्रेन्ड्सको खाता खोले पनि खेलमा प्रर्याप्त भएन।

यो पहिलो जितपछि पाँच खेलबाट ४ अंक जोड्दै एपीएफ रेलिगेशन जोनबाट माथि ११ औँ स्थानमा उक्लिएको छ।

पाँच खेलमा मात्र २ अंक रहेको फ्रेण्ड्स भने लिगको अन्तिम स्थानमा छ।

लिगको पाँचौं चरणका सबै खेल सकिदा १३ अंक जोडेको लिग लिडर मनाङले दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबसँग २ अंकको अग्रता कायम गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved