भारतबाट कोभिशिल्डसहित ३० लाख खोप आज आइपुग्ने

नेपालले भारतसँग २० लाख डोज खोप खरीद गरेकोमा भारतले खरीद गरिएको १० लाख खोप समयमै उपलब्ध नगराउँदा खोप अभियान प्रभावित भएको थियो।

नेपालभ्युज

भारतबाट कोभिशिल्डसहित ३० लाख खोप आज आइपुग्ने

काठमाडौं। आज एकैदिन ३० लाख बढी कोरोनाविरुद्धको खोप नेपाल आइपुग्ने भएको छ। भारतसँग एक वर्षअघि नै किनिएको कोभिशिल्ड र चीनबाट भेरोसेल गरी ३० लाख ७२ हजार डोज खोप आज आइपुग्ने स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागकाअनुसार भारतबाट १८ लाख ७० हजार कोभिशिल्ड र चीनबाट कोभ्याक्सअन्तर्गत एशियाली विकास बैंक (एडीबी)को सहयोगमा १२ लाख २ हजार भेरोसेल खोप आउन लागेको हो।

भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्डबाट नेपालमा १४ माघ २०७७ देखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको थियो। त्यसपछि नेपालले भारतसँग २० लाख डोज खोप खरीद गरेकोमा भारतले खरीद गरिएको १० लाख खोप समयमै उपलब्ध नगराउँदा खोप अभियान प्रभावित भएको थियो। पछि कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई सोही प्रकृतिको एस्ट्राजेनेका खोप लगाइएको  थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved