विश्वप्रकाशलाई सिटौलाको आशीर्वाद, ‘देशकै नेतृत्व गर्नेगरी अघि बढ्नू’

नेपालभ्युज

विश्वप्रकाशलाई सिटौलाको आशीर्वाद, ‘देशकै नेतृत्व गर्नेगरी अघि बढ्नू’
तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं। नेपाली कांग्रेसका नवनियुक्त महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको आशीर्वाद लिएका छन्।

महामन्त्रीमा निर्वाचित भएपछि शर्मा शनिबार सिटौलालाई भेट्न चण्डोल पुगेका थिए। सिटौलाले शर्मालाई टीका र खादा लाइदिएर आशीर्वाद दिएका हुन्।

शर्मानिकट एक नेताले भने, ‘‘शर्माले अग्रज नेता सिटौलासँग भेटेर आशीर्वाद लिनुभएको छ, सिटौलाले महामन्त्रीभन्दा माथि पुग्नु, देशकै नेतृत्व गर्नेगरी अघि बढ्नु भनेर आशीर्वाद दिनुभयो।”

सिटौला र शर्मा दुवै एउटै जिल्लाबासी हुन्। एउटै जिल्लामा यी दुई नेताबीच दुईटा गुट बनेका थिए। विशेषतः सभापति शेरबहादुर देउवानिकट मानिने शर्मा यो महाधिवेशबाट भने नेता तथा सभापति उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री जित्न सफल भएका थिए। यद्यपि सिंहले सभापतिको पहिलो चरणमा पराजित भएपछि देउवालाई समर्थन गरेका थिए।

तर सिटौलासँग आफ्नै समूह थियो। १४ औँ महाधिवेशनको अन्तिम समयमा सिटौलाले प्रदीप पौडेललाई महामन्त्री बनाउने शर्तमा देउवालाई समर्थन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved