अपवित्र गठजोड हामीविरुद्ध लाग्यो र पनि राजनीति जित्यौं : शेखर कोइराला

देउवाविरुद्ध नभएर पार्टीभित्र हुर्किएर झाँगिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारविरुद्ध लडेकाले राजनीतिमा आफूहरूको जित भएको उनको भनाइ छ।

नेपालभ्युज

अपवित्र गठजोड हामीविरुद्ध लाग्यो र पनि राजनीति जित्यौं : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा यथिस्थिति चाहने अपवित्र गठजोड आफूहरूविरुद्ध लागे पनि राजनीतिमा जितेको उनले बताएका छन्। शुक्रबार सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै नेता कोइरालाले यथास्थिति चाहनेहरू विरुद्धमा लागे पनि राजनीतिमा आफूले जितेका बताए।

उनले पराजित भए पनि सभापतिका लागि आफूले पाएको ४० प्रतिशत मतले भावविभोर भएको बताएका छन्। आफूप्रति नेता कार्यकर्ताले देखाएका विश्वास र भरोसाप्रति विचलित नहुने बताए।

आम नेपाली जनता बीच आफ्नो उम्मेदवारीले पार्टीलाई रूपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएकाले निरन्तर सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रूपमा सञ्चालित हुने प्रतिवद्धता उनले गरेका छन्।

देउवाविरुद्ध नभएर पार्टीभित्र हुर्किएर झाँगिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारविरुद्ध लडेकाले राजनीतिमा आफूहरूको जित भएको उनको भनाइ छ।

‘‘वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं, हामी लडिरहेका थियौं पार्टीभित्रको गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरित हुने निर्णय विरुद्ध,” उनले भनेका छन्, ‘‘पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ।”

उनले सभापतिमा निर्वाचित देउवालाई बधाई दिँदै कांग्रेसको गौरव पुनर्स्थापित हुनेमा विश्वस्त रहेको उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved