कोरोनाले बलिउडमा संकट, सलमान खानको ‘अन्तिम’ सहित लगातार ५ फिल्म फ्लप

नेपालभ्युज

कोरोनाले बलिउडमा संकट, सलमान खानको ‘अन्तिम’ सहित लगातार ५ फिल्म फ्लप

एजेन्सी। कोरोना  कहरपछि अक्षयकुमार अभिनित सूर्यवंशी सुपरहिट साबित भयो। यस फिल्मले विश्वभर २ सय ५० करोड भारुभन्दा धेरैको व्यापार ग¥यो। तर, यसपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले ५० करोडको आँकडा छुन सकेनन्।

एकपछि अर्को गर्दै ५ वटा फिल्म फ्लप भए। यसमा सलमान खानको ‘अन्तिम’ पनि छ। सिनेमा घरमा दर्शकको उपस्थित निकै पातलो छ, कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण पनि समस्या सिर्जना भएको छ।

अर्कोतर्फ कतिपय दर्शक ओटीटी प्लेमफर्मतर्फ लागेका छन्। हलिउड र दक्षिण भारतीय सिनेमाका कारण पनि बलिउडलाई समस्या छ। त्यहीकारण, बलिउडले दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर कम गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन्।

कुन–कुन फिल्म फ्लप ?
तडप : २५ करोड भारुमा बनेको यो फिल्मले २२ करोडमात्रै कमायो।
बन्टी ओर बब्ली –२ : यो फिल्म  ४० करोड भारुमा बनेको हो, तर १२ करोडमात्रै कमायो।
सत्यमेव जायते–२ :  यो फिल्म ३८ करोड भारुमा बनेको हो, तर १३ करोडमात्रै कमायो।
चंडीगढ करे आशिकी : ४० करोड भारुमा बनेको यो फिल्मले १८ करोडमात्रै कमायो।
अन्तिम : सलमान खान अभिनित यो फिल्मको लगानी ४५ करोड भारु हो। तर, यसले अहिलेसम्म लगानीभन्दा एक करोड कम अर्थात् ४४ करोडमात्रै कमाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved