तीन सहमहामन्त्री पदको मतगणना गरिँदै, बाँकीको भोलि

नेपालभ्युज

तीन सहमहामन्त्री पदको मतगणना गरिँदै, बाँकीको भोलि
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सभापति, उपसभापति र महामन्त्रीको मतगणनापछि सहमहामन्त्री पदको मतगणना शुरु गर्ने तयारी गरिएको छ।

कांग्रेसको निर्वाचन समितिले आजै सहमहामन्त्री पदको मतगणना गर्ने तयारी गरेको हो।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महिला, दलित र आदिवासी जनजाति क्लस्टरका सहमहामन्त्री पदको मतगणना शुरु गर्ने तयारी भइरहेको जानकारी दिए।

बाँकी ५ सहमहामन्त्री पदका उम्मेदवारको मतगणना भोलि हुने उनले बताए।

८ जना सहमहामन्त्रीका लागि १९ जनाले प्रतिस्पर्धा गरेका छन्।

यसअघिको मतपरिणाम अनुसार महाममन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएकोमा १४ औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved