महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपालभ्युज

महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौं। नेपाली कांग्रेसको महामन्‍त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।

तीन सय मत आसपास गन्न बाँकी छँदा थापाले २८ सय ३३ मत ल्याएका छन्। त्यस्तै दोस्रो स्थानका विश्वप्रकाश शर्माले १८ सय २४ मत ल्याएका छन्।

तेस्रो स्थानका प्रकाशशरण महतले १४ सय ५५ मत ल्याएका छन्।

महतभन्दा ३ सय ६९ मतको अग्रता लिइसकेकाले विश्वप्रकाशको जित सुनिश्चित भएको हो। चौथो स्थानमा रहेका प्रदीप पौडेलले १३ सय ३ मत ल्याएका छन्। मीनेन्द्र रिजाल ७ सय ५३ र डा राजराम कार्की १ सय मत ल्याएका छन्।  महाधिवेशनमा ६ जनाले महामन्त्रीमा उम्मेदवारी दिएका थिए। मतगणनाको अन्तिम परिणाम आउन र विजयी हुनेको औपचारिक घोषणा हुन भने बाँकी नै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved