उपसभापतिमा धनराजको अग्रता, अरुको कति?

नेपालभ्युज

उपसभापतिमा धनराजको अग्रता, अरुको कति?

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको जारी मतगणनामा धनराज गुरुङले अग्रता लिएका छन्।

१२ सय मतगणना हुँदा गुरुङले ५४३ मत प्राप्त गरेका छन् भने उनलाई पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र चन्द्र भण्डारीले पछ्याइरहेका छन्।

खड्काको पक्षमा ५०२ मत खसेकोमा गच्छदारले ४५४ र भण्डारीले ४७२ मत पाएका छन्। यस्तै सुजाता कोइरालाले १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ मत प्राप्त गरेकी छन्।

शुरुदेखि नै अग्रता लिएका गुरुङलाई ९ सय मत गन्दा खड्काले पछि पारेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved