‘सबै भ्रष्टाचारको काण्ड छानबिन गर्न प्रधानमन्त्रीलाई दबाब दिऔं’

नेपालभ्युज

‘सबै भ्रष्टाचारको काण्ड छानबिन गर्न प्रधानमन्त्रीलाई दबाब दिऔं’

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सम्पूर्ण भ्रष्टाचारको काण्डमा पार्टीले प्रस्ताव पेश गरेर कारबाही र न्यायिक आयोग गठनका लागि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिनुपर्ने बताएका छन्।

आफ्ना पक्षमा मतदानलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले भने,  “यी चर्चित भ्रष्टाचारका काण्ड पनि हाम्रो पराजयको कारण होजस्तो मलाई लाग्छ। हामी अहिले सचेत हुन सकेनौं भने यो पार्टी नवधनाढ्यहरू र तस्करहरूको पार्टी हुन सकछ।”

अनेक किसमका कठिनाइको बाबजुद मतदाता साथीहरूले सहयोग गरेका भन्दै उनले आभार व्यक्त गरे। पार्टी व्यक्तिबाट हैन विचारबाट चल्नुपर्छ भन्दै मतदाताहरूको मत खेर जान नदिने विश्वास दिलाए। पात्रभन्दा प्रवृत्तिको कुरा ठूलो भएको र सानो झुण्डबाट पार्टी चलाउने अभियानलाई तोड्नुपर्ने उनले विचार राखे।

“हामीले मतदानमा हारेका छौं। सफलता प्राप्त गर्नु अन्तिम होइन। निरन्तर रूपबाट जति अगाडि बढ्न सक्छौं। लक्ष्य प्राप्त गर्नु ठूलो कुरा हो। हाम्रो कसैसँग प्रतिस्पर्धा होइन। विचार ठूलो कुरा हो।”

लामो आफ्नै पार्टीका नवनिर्वाचित देउवा सरकारको आलोचना गरेका उनले कुनै निरकुंशता भित्र नझुक्न आग्रह गरे। “हामीले हिजो पनि धेरै संघर्ष गर्‍यौं। तर साथीहरूको कसको केसँग सौदाबाजी छ त्यो रहस्यको कुरा भयो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved