साढे पाँच वर्ष बेथितिमा पार्टी चल्यो अब त्यो हुन दिन्नौं : शेखर कोइराला

आजैदेखि नेपाली कांग्रेसको रूपान्तरणका लागि लाग्ने र घरदैलो कार्यक्रम गरी आगामी महाधिवेशनमा सफलता प्राप्त गर्ने उनले बताए।

नेपालभ्युज

साढे पाँच वर्ष बेथितिमा पार्टी चल्यो अब त्यो हुन दिन्नौं : शेखर कोइराला
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको बेथिति अन्त्य गर्न लाग्ने बताएका छन्। उनले आज गरेको पत्रकार सम्मेलनमा पार्टीभित्र बेथिति देखिए सशक्त रूपमा प्रस्तुत हुने बताए।

‘‘साढे पाँच वर्ष पार्टी बेथितिका रूपमा चल्यो, अब फेरि त्यसैगरी चल्न थाले सशक्त रूपले प्रस्तुत हुन्छौं,” उनले भने।

आफू पराजित भएको र पराजयलाई स्वभाविक रूपमा लिएको उनको भनाइ थियो। आजैदेखि नेपाली कांग्रेसको रूपान्तरणका लागि लाग्ने र घरदैलो कार्यक्रम गरी आगामी महाधिवेशनमा सफलता प्राप्त गर्ने उनले बताए।

भागबण्डा र गुटबन्दीको राजनीतिमा नलागेर आफूहरू काम गर्दै जाने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved