मतान्तर बढाए देउवाले : १ हजार मत गन्दा देउवालाई ५९०, कोइराला ४०१

नेपालभ्युज

मतान्तर बढाए देउवाले : १ हजार मत गन्दा देउवालाई ५९०, कोइराला ४०१

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाएका छन्।

१ हजार मत गणना गर्दा देउवाले ५९० मत कटाउँदा डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ४०१ मत पाएका छन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा यी दुईबीच मतदान भएको हो।

निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ। हरेक टोलीलाई करिब १५ सय मत गणना गर्ने जिम्मा दिइने महाधिवेशन निर्वाचन समितले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved