बोली फेरे निधिले, सभापतिमा देउवालाई सघाउने वचन

नेपालभ्युज

बोली फेरे निधिले, सभापतिमा देउवालाई सघाउने वचन
फाइल तस्वीर ।

काठमाडौं । पहिलो चरणमा कसैले बहुमत पुर्‍याउन नसकेपछि दोस्रो पटक हुन लागेको नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनमा हुने मतदानमा विमलेन्द्र निधिले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

आज पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै निधिले भने, “देउवाजीले मलाई फोन गरेर सोध्नुभएको थियो, मैले साथीहरूसँग सल्लाह गरेर निर्णय दिन्छु भनेको थिएँ, मैले उहाँलाई भने मेरो तपाईंलाई पूर्ण समर्थन छ।”

यद्यपि निधिले मतदानअघिको समयसम्म आफू सभापतिमा निर्वाचित नभए संस्थापनइतर समूहलाई सघाउने बताउँदै आएका थिए। तर दोस्रो चरणको मतदानअघि निधिले बोली फेरेका हुन्। देउवा समूहमै रहेर कांग्रेसको राजनीति गर्दै आएका निधिले यो पटकको महाधिवेशनपछि आफ्नो दाबी गर्दै आएका थिए।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे तीन बजेदेखि साँझ साढे सात बजेसम्म हुने भएको छ। पहिलो चरणको निर्वाचनमा सभापतिका प्रतिस्पर्धी पाँच जनामध्ये कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो।

यसअघि सभापति पदका लागि दोस्रो चरणमा हुन लागेको निर्वाचनमा देउवालाई पहिलो चरणमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले साथ दिने बचन दिइसकेका छन्।
यो समीकरणअनुसार मतदातले देउवालाई भोट दिए अब सभापतिमा देउवा निर्वाचित हुने पक्कापक्कीजस्तै देखिएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved