शेयरबजारमा निरन्तर पहिरो, नेप्से परिसूचक २२८१.६७ बिन्दुमा

ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२ दशमलव ४७ अंकले घटेर ४३७ दशमलव ५९ बिन्दुमा पुगेको छ। आज सबै उपसूचक घटेका छन्।

नेपालभ्युज

शेयरबजारमा निरन्तर पहिरो, नेप्से परिसूचक २२८१.६७ बिन्दुमा

काठमाडौं। आइतबार ८८ अंकले घटेको शेयरबजार आज पनि ७९ अंकले ओरालो लागेको छ। सोमबारको कारोबार सकिँदा नेप्से परिसूचक दुई हजार २८१ दशमलव ६७ बिन्दुमा झरेको छ।

आज एकै दिन नेप्से परिसूचकमा ७९ दशमलव ५७ अंकको पहिरो गएको हो। आज कारोबारमा आएका सबै उपसूचक घटेका छन्।

आज शेयरबजारमा २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँमा किनबेच भएको छ ।

ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२ दशमलव ४७ अंकले घटेर ४३७ दशमलव ५९ बिन्दुमा पुगेको छ।

आज वित्त, निर्जीवन बीमा र विकास बैंक उपसमूह सबैभन्दा धेरै घटेका छन्। वित्त १०९ दशमलव ७८ अंकले घट्दा निर्जीवन बीमा ५४५ दशमलव ९८ र विकास बैंक २११ दशमलव ७६ अंकले आरोलो लागेका छन्।

यस्तै, माइक्रोफाइनान्स १८७.३३, बैंकिङ ३४.११, जलविद्युत १०५.८२, जीवन बीमा समूहको उपसूचक ४२५.३३, फाइनान्स १३३.९१ अंकले घटेको छ ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयरबजारको लगानी सम्राज्यवादको विकसित रुप भएको बताएका थिए। उनको अभिव्यक्तिपछि हिजो र आज लगातार शेयरबजारमा पहिरो गएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved