मतदान स्थलमा पुगे शेखर, गरे आफूले जित्ने दाबी

नेपालभ्युज

मतदान स्थलमा  पुगे शेखर, गरे आफूले जित्ने दाबी

काठमाडौं। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनका लागि सभापतिका उम्मेदवार शेखर कोइराला मतदानस्थल भृकुटीमण्डप पुगेका छन्।

नयाँ नेतृत्वका लागि शेखरसहित शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापतिमा प्रतिस्पर्धा गर्दैछन्

महाधिवेशनस्थलमा पुगेर शेखरले आफूले जित्ने संक्षिप्त प्रतिक्रिया दिएका छन्।

बिहान ८ बजेदेखि मतदान शुरु गर्ने कांग्रेस निर्वाचन समितिको कार्यतालिका रहे पनि निर्वाचन निर्धारित समयभन्दा दुई घण्टा ढिलो हुने भएको छ। मतदानका लागि सम्पूर्ण तयारी भइसकेकाले वर्तमान सभापति देउवा मतदानस्थलमा पुगेपछि मतदान गर्ने तयारी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved