बाह्य हस्तक्षेपले देश खतरामा: सीपी मैनाली

नेकपा मालेका अध्यक्ष सीपी मैनालीले यसबाट बाहिर निस्कनका लागि देशका राष्ट्रवादी, लोकतान्त्रिक र कम्युनिष्ट शक्तिहरु एकजुट हुनुपर्ने बताए।

नेपालभ्युज

बाह्य हस्तक्षेपले देश खतरामा: सीपी मैनाली

काठमाडौं। नेकपा मालेका अध्यक्ष सीपी मैनालीले विदेशी हस्तक्षेपका कारण देश अफ्ठ्यारो परिस्थितिमा फसेको बताएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यसबाट बाहिर निस्कनका लागि देशका राष्ट्रवादी, लोकतान्त्रिक र कम्युनिष्ट शक्तिहरु एकजुट हुनुपर्ने बताए।

“हामीले ००७ सालदेखि प्रजातन्त्रको यात्रा शुरु गर्‍यौं, त्यसबेला कांग्रेस अगुवा थियो। बीपी कोइराला त्यसको पनि अगुवा हुनुहुन्थ्यो। प्रखर प्रजातान्त्रिक नेता हुनुुहुन्थ्यो। उहाँको अगुवाईमा हामीले प्रजातान्त्रिकीकरण शुरु गर्‍यौं”, कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै मैनालीले भने, “तर, त्यससँगै बाह्य हस्तक्षेप पनि आयो। हामीले त्यसलाई भुल्यौं। राष्ट्रियताप्रति हाम्रो संगठित ध्यान किन नगएको हो ? अहिले हामी अफ्ठ्यारो स्थितिमा छौं। हामी आज बहुध्रुवीय दुनियाँमा छौं। हिजो, पनि दुई ध्रुवीय दुनियाँ थियो, तर ती देशहरु हाम्रो भूगोलदेखि धेरै टाढा थिए।”

मैनालीले थपे, “आज दुई वटा भूगोल हामीसँग जोडिएका छन्। उत्तरतर्फ एउटा र दक्षिणतर्फ समूद्रपार अर्को छ। त्यसैले, हामीले आज धेरै तटस्थता अपनाउनुपर्ने छ। पञ्चशिलको सिद्धान्तलाई अझै ध्यान दिएर अघि बढ्नुपर्ने छ।”

देशमा भ्रस्टाचार मौलाइरहेको पनि मैनालीले बताए। उनले भने, “न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा गर्छ। यो व्यवस्था पनि अफ्टेरोमा छ। निर्वाचन प्रणालीले भ्रस्टाचार बढाएको छ। संघीयताले खर्च बढेको छ। नेकपा मालेले भन्छ, सबै राष्ट्रवादी लोकतान्त्रिक सबै कम्युनिष्ट शक्ती देशहको सार्वभौमसत्तालाई जोगाउँदै अघि लैजान एकजुट हुनुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved