नाडाको अध्यक्षमा थापा विजयी, अधिकांश सदस्य भने चौधरी प्यानलबाट

नेपालभ्युज

नाडाको अध्यक्षमा थापा विजयी, अधिकांश सदस्य भने चौधरी प्यानलबाट

काठमाडौं। अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन्।

नाडाको ४५ औँ साधारणसभापछि बिहीबार सम्पन्न नाडाको निर्वाचनमा हिमालय अर्गनाइजेशनका अध्यक्ष थापाले करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन्।

नाडा निर्वाचन समितिका अनुसार थापाको पक्षमा १४ सय १३ मत खसेकोमा चौधरीको पक्षमा भने १३ सय ४७ मत खसेको थियो।

थापा र चौधरी प्यानलसहित चुनावमा उत्रिएका थिए। शुक्रबार बिहान सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा थापा विजयी भए पनि कार्यसमिति सदस्यमा भने अधिकांश चौधरी प्यानलका विजयी भएका छन्।

दुई प्यानलबाट १७ कार्यसमिति सदस्यका लागि ३६ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये चौधरी प्यानलबाट १२ कार्यसमिति सदस्य निर्वाचित हुँदा थापा प्यानलबाट भने ५ जना मात्रै निर्वाचित भएका छन्।

चौधरी प्यानलबाट कार्यसमिति सदस्यमा मिलनबाबु मल्ल,अनुप बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, त्यसैगरी निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल निर्वाचित भएकोमा थापा प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् ।

नाडाका देशभरबाट ३१ सय मतदाता रहेकोमा २७ सय ८८ मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved