यस्तो छ गगन थापाको अवधारणा पत्र (पूर्ण पाठसहित)

नेपालभ्युज

यस्तो छ गगन थापाको अवधारणा पत्र (पूर्ण पाठसहित)

काठमाडौं। २४ मंसीर (भोलि) देखि शुरु हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणा पत्र आज सार्वजनिक गरेका छन्।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ शीर्षक दिइएको अवधारणा पत्र सार्वजनिक गर्दै नेता थापाले आफ्नो राजनीतिक कार्यदिशा सामाजिक लोकतन्त्र रहेको स्पष्ट पारे।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचारमा ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराको आलोचना गर्दै उनले भने, “समृद्ध नेपालको काल्पनिकीमा फराकिलो सडक, चुच्चे रेल, अग्लो धरहरा र भ्यू टावर छन् तर जनता छैनन्।”

“वंश, जात, लिंगको आधारमा विशेषाधिकार पाउने संरचना हराउँदै जाने प्राणाली नै समुन्नति हो”, थापाले आफूले अघि सारेको अवधारणाको परिभाषा दिए।

अवधारणा पत्रमा उनले नेपाली कांग्रेसको तत्कालिन कार्यसूची कस्तो हुनुपर्छ भन्ने उल्लेख गरेका छन्। ती यस्ता छन्ः
– एक वर्षको सरकार
– संवैधानिक संस्थाहरूको सबलीकरण
– भूराजनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा
– निर्वाचन
– न्यूनतम प्रदर्शन ।

अवधारणा पत्रमा समुन्नत नेपालको परिभाषा र सैद्धान्तिक रूपरेखा प्रस्तुत गरिएको छ।

थापाको अवधारणा पत्र विस्तृतमा पढ्नुहोस्ः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved