कांग्रेस सर्लाही जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

नेपालभ्युज

कांग्रेस सर्लाही जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत महाधिवेशवन प्रतिनिधिमा सर्लाहीका जिल्ला सभापति नै पराजित भएका छन्।

सभापति नागेन्द्रकुमार राय लक्ष्मण रायसँग पराजित भए। उनले ३४५ मत मात्र पाए। लक्ष्मणले ३६७ मत ल्याए। नागेन्द्र संस्थापन र लक्ष्मण संस्थापनइतरका हुन्। यहाँ लक्ष्मणको पूरै प्यानल नै निर्वाचित भएको छ।

संस्थापनले पेलेर चुनाव गराएको आरोप लागे पनि परिणाम भने संस्थापनइतरको पक्षमा गएको छ। निर्वाचन क्षेत्र १ र २ मा संस्थापन इतरले क्षेत्रीय कार्यसमितिमा पूरै र महाधिवेशन प्रतिनिधिमा ९० प्रतिशत जित हासिल गरेको छ।

लक्ष्मण राय नागेन्द्रसँग जिल्ला सभापति हारेका नेता हुन्। यसअघि संघीय सांसदसमेत रहेका अमरेश कुमार सिंह पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved