डिशहोम फाइबरनेटले ल्यायो डायनामिक ‘कम्बो प्याक’

नेपालभ्युज

डिशहोम फाइबरनेटले ल्यायो डायनामिक ‘कम्बो प्याक’

काठमाडौं । डिशहोम फाईबरनेटले डायनामिक ‘कम्बो प्याक अफर’अन्तर्गत वार्षिक १२ हजार ९ सय ९९ रुपैयाँमा ४० एमबिपिएस  इन्टरनेट उपलब्ध गराउने भएको छ।

यस अफरअन्तर्गत ग्राहकले डिशहोम फाईबरनेटसँंगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा पाउनेछन्। त्यस्तै, वार्षिक ११ हजार ५ सय रुपैयाँमा २५ एमबिपिएस सेवा पनि लिन सकिने कम्पनीले जनाएको छ।

त्यस्तै, उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप, XVOD लगायत विभिन्न सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार १० एमबिपिएसदेखि १ सय एमबिपिएससम्मका योजनाहरु उपलब्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved