आफूनिकट पत्रकारलाई देउवाले भने, ‘कांग्रेस सुधार्न एकपटक फेरि दोहोर्‍याउँछु’

‘अहिलेको सत्ता गठबन्धन राष्ट्रियसभाको चुनावसम्मका लागि हो’

देउवाले अहिले सत्ता गठबन्धन राष्ट्रियसभाको चुनावसम्मका लागि भएको पनि खुलाए। पाँच दलको वर्तमान सत्ता गठबन्धन राष्ट्रियसभाको निर्वाचनसम्मका लागि मात्र भएको बताउँदै उनले त्यसपछिका लागि छलफल नभएको बताए।

नेपालभ्युज

आफूनिकट पत्रकारलाई देउवाले भने, ‘कांग्रेस सुधार्न एकपटक फेरि दोहोर्‍याउँछु’
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले फेरि एकपटक कांग्रेसको नेतृत्व लिने बताएका छन्। आफूनिकट पत्रकारलाई बालुवाटारमा बोलाएर देउवाले सोही अनुरुप आफूलाई सघाउन पनि आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार आफूनिकट पत्रकारहरुलाई बोलाएर देउवाले सभापतिमा जिताउनका लागि मिडियाको तर्फबाट यथाशक्य सहयोग गर्न आग्रह गरेका हुन्।

देउवाले आफ्नो सभापतित्वमा कांग्रेसलाई मिलाएर अघि बढाएको दाबी गर्दै पार्टी सुधारको प्रयास पनि थालेको बताए। आफूले थालेको सुधारलाई पूरा गर्नका लागि अब एकपटक आफू सभापतिमा लड्ने भन्दै आफूलाई सहयोग गर्न आग्रह गरे।

देउवाले अहिले सत्ता गठबन्धन राष्ट्रियसभाको चुनावसम्मका लागि भएको पनि खुलाए। पाँच दलको वर्तमान सत्ता गठबन्धन राष्ट्रियसभाको निर्वाचनसम्मका लागि मात्र भएको बताउँदै उनले त्यसपछिका लागि छलफल नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved