विद्यार्थी राजनीतिमा रोक लगाएर देखाउन मिश्रलाई चुनौती

नेपालभ्युज

विद्यार्थी राजनीतिमा रोक लगाएर देखाउन मिश्रलाई चुनौती

काठमाडौं। अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी राजनीतिमा रोक लगाएर देखाउन रविन्द्र मिश्रलाई चुनौती दिएकी छिन्। विवेकशिल साझा पार्टीका अध्यक्ष मिश्रले शनिबार विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्नुपर्ने धारणा राखेका थिए।

जवाफमा, पञ्चा सिंहले मण्डलेहरु सल्बलाउन खोजेको आरोप लगाइन्। “सडकमा अखिल(क्रान्तिकारी) छ, नेविसंघ छ, अखिल र समाजवादी विद्यार्थी यूनिनयनसहित दर्जनौ विद्यार्थी संगठन मैदानमै छ। विद्यार्थी संगठनहरुको चुनौतीलाई कम नआँक्नुस्’’, सिंहले भनिन्।

निरंकुश सत्तासँग विद्यार्थीहरुले लडेको इतिहास पढ्न पनि सिंहले मिश्रलाई सुझाव दिइन्। ‘‘विद्यार्थी संगठनसामु मिश्रका दरबारिया मालिकहरुले घुँडा टेके। तर संगठनलाई प्रतिबन्ध लगाउन सकेनन् ,मिश्रहरुले कसरी यो आन्दोलन र संगठनलाई खारेज गर्न सक्छन?’’ उनले सोधिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved