कोरोना कहर

‘ओमिक्रोनबाट सावधान रहनुस्, चिन्तित नहुनुस्’

विज्ञहरुले ओमिक्रोन भेरिएन्ट डेल्टा भेरिएन्टभन्दा १० गुणा ज्यादा रफ्तारमा फैलनसक्ने चेतावनी दिइसकेका छन्। खोप लगाइसकेका मानिस पनि ओमिक्रोनबाट संक्रमित भइरहेका छन्।

नेपालभ्युज

‘ओमिक्रोनबाट सावधान रहनुस्, चिन्तित नहुनुस्’

एजेन्सी। ओमिक्रोन भेरिएन्टले कोरोनाको तेस्रो लहरको त्रास सिर्जना गरेको छ। १० दिनमा यो भेरिएन्ट ३५ देशहरुमा फैलिसकेको छ। अहिलेसम्म झन्डै ४ सय केस बाहिर आइसकेको छ । छिमेकी भारतमा यस भेरिएन्टबाट ५ जना संक्रमित भइसकेका छन्।

नेपालमा अहिलेसम्म यो भेरिएन्ट पहिचान भइसकेकाे छैन। तर, यसको खतरालाई बेवास्ता गर्न नमिल्ने विज्ञहरुले बताइरहेका छन्।

विज्ञहरुले यो भाइरस डेल्टा भेरिएन्टभन्दा १० गुणा ज्यादा रफ्तारमा फैलनसक्ने चेतावनी दिइसकेका छन्। खोप लगाइसकेका मानिस पनि ओमिक्रोनबाट संक्रमित भइरहेका छन्।

अर्थात्, खोप लगाएर पनि खतरा खतम हुने अवस्था देखिन्न। त्यहीकारण विश्वभर मानिसहरु त्रसित बनेका छन्।

किन खतरनाक छ ?

पूर्ण खोप लगाइसकेका मानिसमा पनि यो भेरिएन्ट देखिएको छ। १० दिनभित्र यसले ५० भन्दा धेरैपटक स्वरुप परिवर्तन गरिसकेको छ। यसको रफ्तार डेल्टा भेरिएन्टभन्दा पनि तिव्र छ। यो भेरिएन्ट एक व्यक्तिबाट ३० जनामा फैलनसक्छ।

सावधान रहनुस्

विज्ञहरुले पूर्ण खोप लगाउन सुझाव दिएका छन्। किनकी,संक्रमण नरोके पनि खोपले गम्भिर हुन र मृत्युको मुखमा पुग्नबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। खोप लगाएका मानिसलाई पनि बाहिर निस्कदाँ मास्क लगाउन सुझाव दिइएको छ।

अहिलेको अवस्थामा टाढाको यात्रा नगर्न विज्ञहरुले सुझाव दिएका छन्। त्यसैगरी, भिडभाडमा नजान र बारम्बार हात धुन आग्रह गरेका छन्।
त्यसैगरी तनावबाट टाढा रहन, नियमित ध्यान गर्न, समयमा सुत्न र उठ्न, नकारात्मक नसोच्न पनि चिकित्सकहरुले सुझाव दिएका छन्।

‘ओमिक्रोनबाट सचेत र सावधान रहनुस्। तर चिन्तित नहुनुस्,’ विश्व स्वास्थ संगठनका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथले भनेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved