प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ फेरि सर्‍यो

प्रस्तावित राजदूतहरू भारतका लागि डा.शंकर शर्मा, अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यका विषयमा सुनुवाइ हुने कार्यक्रम रहे पनि २० मंसीरका लागि सरेको हो।

नेपालभ्युज

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ फेरि सर्‍यो

काठमाडौँ। प्रस्तावित तीन जना राजदूतहरूको संसदीय सुनुवाइ फेरी सरेको छ। भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन राजदूतको आज संसदीय सुनुवाइ गर्ने तयारी भए पनि अन्तिम अवस्थामा सुनुवाइ सरेको हो।

प्रस्तावित राजदूतहरू भारतका लागि डा.शंकर शर्मा, अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यका विषयमा सुनुवाइ हुने कार्यक्रम रहे पनि २० मंसीरका लागि सरेको हो। नेपाली कांग्रेसका सांसदहरू महाधिवेशन तयारीका लागि जुटेको भन्दै सुनुवाइको मिति फेरी सरहेको हो।

यसअघि ५ मंसीरलाई तोकिएको संसदीय सुनुवाइको कार्यक्रम सांसदहरूको कोरम नपुगेको भन्दै १७ (आज) मंसीरका लागि सरेको थियो। सरकारले रिक्त रहेका तीन देशका लागि ११ कात्तिकमा राजदूत सिफारिस गरेको थियो। ५ असोजमा यसअघिको सरकारले राजनीतिक आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँग २३ देशका दूतावास नेतृत्व विहीन छन्।

तीन देशका लागि राजदूत प्रस्ताव गरेको सरकारले अन्य २० देशका लागि राजदूत सिफारिस गर्ने बताए पनि हालसम्म सिफारिस गर्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved