सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेशी, सुनुवाइ शुरु

नेपालभ्युज

सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेशी, सुनुवाइ शुरु

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएपछि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ। कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका जबरा शुक्रबार बिहान ९ बजे  डिस्चार्ज भएर सरकारी निवास बालुवाटार फर्किएका थिए।

नौ संयुक्त र दुई एकल गरी सुनुवाइका लागि ११ ओटा इजलास  गठन भएका छन्। आज कुल १३८ मुद्दाको पेशी तोकिएकोमा १० मुद्दाको सुनुवाइ स्थगित भएको छ भने अन्य केहीमा सुनुवाइ शुरु भएको छ।

बिहीबार १ बजेपछि मात्रै पेशी तोकिएकोमा प्रधानन्यायाधीश जबराको अनुपस्थितिका कारण इजलास बस्न नमानेपछि सुनुवाइ प्रभावित भएको थियो।

सर्वोच्चमा १५ मंसीरदेखि गोला प्रक्रियाबाट पेशी तोकी सुनुवाइ शुरु पनि बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved