यूरेनियम जस्तो टल्किने पदार्थसहित ३ जना पक्राउ

उक्त पदार्थ प्रतिकिलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।

नेपालभ्युज

यूरेनियम जस्तो टल्किने पदार्थसहित ३ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित वसन्तनगरको एक गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित तीन जना पक्राउ परेका छन्।

बुधबार साँझ पक्राउ परेका तीनै जनालाई प्रहरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजु बस्ने नुवाकोटका ३१ वर्षीय प्रदिप घिमिरे तथा ३१ वर्षीय राजेन्द्र परियार छन् र काठमाडौं तारकेश्वर फुटुङका ३६ वर्षीय रंजित कार्की रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

गेष्ट हाउसमा युरेनियम जस्तो टल्किने पदार्थको अवैध कारोबार भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो। उक्त पदार्थ प्रतिकिलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved