बझाङमा २८ किलो चरेससहित एक महिला पक्राउ

नेपालभ्युज

बझाङमा २८ किलो चरेससहित एक महिला पक्राउ

धनगढी । बझाङमा २८ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको जय पृथ्वी नगरपालिका ३ की ३५ बर्सिया कल्पना रोकायालाई मंगलबार २८ किलो चरेस सहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

बेलुका ६ बजेतिर विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङ र सुदूरपश्चिम आर आइ टीको संयुक्त टोलीले रोकायालाई जयपृथवी नगरपालिका ३ डुग्रीबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताए। पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved