यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय

नेपालभ्युज

यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय
फाइल तस्वीर

काठमाडौं। सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन गर्न आदेश जारी गर्ने निर्णय गरेको छ। कोभिड–१९को नयाँ ओमिक्रोन संक्रमण देखिएका देशबाट आउने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको हो।

मंंगलबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिए । पछिल्लो समयमा दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अन्य देशहरूमा पनि पुष्टि हुँदै जाँदा यसको त्रास बढेर गएको छ।

बेलायत, क्यानडा, अस्ट्रेलिया, जापानलगायतका देशमा समेत फैलिसकेको यो भेरियन्ट अझ बढी संक्रामक भएको अनुमान गरिएको छ। यो भेरियन्टको पुष्टि हुने क्रम बढेसँगै कतिपय देशले अफ्रिकन मुलुकसँगको हवाई यात्रामा प्रतिबन्ध लगाएका छन्। ती देशबाट आएका यात्रुहरूलाई कडा निगरानीमा राख्ने आदेश जारी गरेका छन्।

मन्त्रीपरिषद्को निर्णय सुनाउँदै प्रवक्ता कार्कीले भने ‘‘आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन, करिब १० अर्ब ३९ करोड रुपैयाँ सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने, प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने, नेपाल विद्युत् प्राधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री युवराज सुवेदीलाई १५–१६ मंसिर २०७८ सम्म आयोजना हुन लागेको अन कम्पास ईन्टरनेशनल समिट एण्ड ह्यूमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेण्डेमिक ट्रान्सफर्मेशन एन इमर्जेन्सी प्रिपियर्नेश कार्यक्रममा सहभागि हुन स्वीकृत प्रदान गर्ने । हेलेज, प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरूप नेपाल र जनवादी गणतन्त्र चीनका बीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने ।प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने । नेपाल सरकार र युएनडिपी बीच सम्पन्न भएको स्ट्याण्डर बेशिक असिस्टेण्ट एग्रिमेण्टलाई लागू गर्न कूटनीतिक नोट परराष्ट्रमन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृत दिने । मिति २०७८ मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपतिबाट भर्चुअलरुपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलन समिट फर डेमोक्रेशीमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा श्री टंकलाल घिसिङ सुनपति २, रामेछापलाई नियुक्त गर्ने । चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने । रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने । लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गर्ने । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा, व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved